IP Samaj UK Lhoshar 2011
You are here: HomeNews२०१५ को ल्होछार पार्टी यसरी मनाईयो

२०१५ को ल्होछार पार्टी यसरी मनाईयो

artists.JPG - 277.01 KB          

 

विगतका वर्षहरुमा झै यसवर्ष पनि ईलमपोखरी समाज युकेले ल्हु ल्होको बिदाई तथा नयाँ ल्हो प्रल्होको सुखद उपलक्ष्यमा कनाउट स्कूल अल्डर्सट्को परिसरभित्र शनिबार 19 December 2015 अपराह्न्न ल्होछार पार्टीको आयोजना गरिएको थियो १३०० बजेबाट शुरु भई राती २३०० बजे सकिएको उक्त पार्टीमा विभिन्न समाजबाट पाल्नुभएका अतिथिहरुको आतिथ्यमा ईलमपोखरी समाजका बर्तमानअध्यक्ष श्रीपूर्णराज गुरुङ्ज्युले औपचारिक कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने अध्यक्ष पूर्णराज गुरुङ तथा समाजका निबर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री मोहन गुरुङज्यु द्वयबाट पानसमा दीप प्रज्वोलन गर्नु भई नेपाली राष्ट्रीयधूनबाट कार्यक्रमको प्रारम्भ भएको थियो । समाजका सचिव परशु गुरुङले कार्यक्रमको उद्घोषणा गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा यसवर्षमा GCSE, Graduation गर्नुभएका नानीहरु, समाजका विविध कार्यक्रमहरुमा सहभागी हुनुभई योगदान दिनुभएका सदस्यहरु, अभिभावकहरु, सास्कृतिक कार्यक्रममा सहभागी हुनुभई सबैलाई मनोरन्जन गराई दिनुभएका नानीहरुलाई समाजको तर्फबाट अध्यक्ष श्रीपूर्णराज गुरुङ्ज्युले प्रशङ्शापत्रको साथमा बधाई तथा धन्यवाद दिनु भएको थियो त्यसै अवसरमा तमु समुदाय तथा नेपाली साङ्गीतिक क्षेत्रमा मिठामिठा संगीत दिईसक्नु भएका समाजकै सदस्य श्री पदम गुरुङ अनि ईलम पोखरीका समाजका सस्थापक अध्यक्ष जसले समाजको लागि शुरुका दिनदेखी नै निरन्तर योगदान दिईरहनु भएका श्रीमोहन गुरुङ तथा श्रीमती रुपा गुरुङ्लाई समाजको तर्फबाट प्रशङ्शा पत्रको साथमा सम्मान गरिएको थियो

औपचारिक कार्यक्रमको समापन लगतै त्यहाँको माहोलले अर्कै मोड लिएको थियो सुश्री हेमा गुरुङ अनि सुश्री कल्पना गुरुङको उद्घोषणा बाट रमाईला रमाईला नृत्य तथा गीताहरु पस्काउदै I जाडोको मौसम भएतापनि यो मौलिक पर्वको वार्षिक भेटघाटमा टाढा टाढाबाट आउनुभई पार्टीको अन्तिम समयसम्म मनोरन्जन गरीरहेका थिए सबैजनाले । रङमन्च को दौरानमा सोरठी नाच को साथमा अरु नृत्यहरुको प्रस्तुती गरिएको थियो भने तिलक गुरुङ को पुरानो गीत असारे महिना को गीतले विगतका याद दिलायो, त्यसको लगतै कुमार गुरुङ को पियानो को धुन को साथमा पदम गुरुङको बासुरीको धुनले सबैको मन मुग्ध पारेरै छाड्यो भने ओम गुरुङ र हरी गुरुङ को डाली नुङ्यो चरीले टेकेर बोलको गीत ले सबैको खुट्टा चिलाउने बनायो । नाच्ने हरुको खचाखच भयो । यो पनि महसुस भयो कि हामीहरु भित्र सबै प्रकारका कलायुक्त कलाकारहरु रहेछौ भनेर ।

कार्यक्रमको शुरु देखी अन्त सम्म निरन्तर रुपले अति मिठा मिठा गीतको साथमा Superb Sound System को ब्यवस्था सुनिल लिम्बुले गर्नु भएको थियो । उक्त दिनमा भेटघाट रेस्टुरेण्ट अल्डर्शट्ले समाजका सदस्य श्री शेर सुनारज्यु को प्रायोजनमा मिठा स्वादिला खानाको ब्यवस्था गरिएको थियो ।

पार्टीको शुरु देखी अन्तसम्म पेया पदार्थमा तल्लिन भई रहनु भएका आमा समुह, कन्ट्रोल पोइण्टमा खटिएका भान्जा भान्जीहरु, साथै आ-आफ्ना जिम्मेवारी गहन गरीरहनु भएका सम्पूर्ण सदस्य तथा अभिभावकहरुको ठुलो मदतबाट नै हाम्रो यो ल्होछार पार्टी सफलता भएको महसुस भएको छ । यसमा दुइमत छैन । स्मरण रहोस पार्टीको सम्पूर्ण प्रायोजन अध्यक्ष श्री पूर्णराज गुरुङले गर्नु भएको थियो । वहाँलाई धेरै धेरै धन्यबाद ।

 

जय ईलमपोखरी समाज

 

प्रस्तोता

परशु गुरुङ्

सचिव

आईपी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far