IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsसचिबको बार्षिक प्रतिबेदन

सचिबको बार्षिक प्रतिबेदन

                      ईलम पोखरी समाज यूके

      ०८ नोभेम्बर २०१४ - १४ नोभेम्बर २०१५ सम्मको

      सचिबकोबार्षिकप्रतिबेदन

       शनिबार १४ नोभेम्बर २०१५

 

श्रीमान सभापती ज्यू,

समाजका सल्लाहकार ज्यूहरु, कार्यसमितिका पदाधिकारीहरु, उपस्थित हुनुभएका सम्पूर्ण भद्र महिला तथा सज्जनबृन्दमा हार्दिक नमस्कार । गतबर्षको पाचौ बार्षिक साधारण सभा देखी अहिले सम्मको समाजको गतिबिधिहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

शनिबार ८ नोभेम्बर २०१४ मा समाजको पाचौ बार्षिक साधारण सभा यही भेट्घाट रेस्टुरेण्ट्को हलमा समाजका अध्यक्ष श्री पुर्णराज गुरुङज्युको सभापतित्वमा समाजका प्रमुख सल्लाह्कार तथा समाजका सस्थापक अध्यक्ष श्री मोहनसिङ गुरुङ अनि अध्यक्ष पूर्ण गुरुङ द्वयबाट दिप प्रज्वोलन गर्नु भए पश्चात सभा प्रारम्भ भई बिबिध कुराहरुको छलफल गरी सभापतीज्यू ले १८०० बजे सभा समापन गर्नु भएको थियो ।

त्यस पश्चात डिसम्वर २० तारिक शनिबार “त” ल्हो को बिदाईको साथ साथै “ल्हु” ल्होछारको अगमनको उपलक्षमा बिबिध कार्यक्रमको साथमा कनाउट स्कूल अल्डर्सट्मा ल्होछार पार्टी सम्पन्न भएको थियो । समाजको लागि बिबिध कार्यक्रममा सहभागी हुनु भई आफ्नो योगदान दिनु भएका श्री गेहेन्द्र गुरुङ्ज्युलाईइ समाजको तर्फबाट उक्त पार्टीमा बिशेष सम्मान गरीएको थियो । त्यसको भोली पल्ट डिसेमबर २१ आइतबार को दिनमा अध्यक्ष तथा केहि सदस्य हरुको साथमा कोषाध्यक्ष गम गुरुङ्को घरमा पार्टीको सम्पूर्ण हरहिसाबहरु गरीयो ।

सुखमा हौसला दिनु र दु:खमा सान्त्वना दिनु भन्ने उपमालाई मनन गर्दै कोके गाउ तथा केम्बर्ली निवासी श्री राजुराम गुरुङको सासु तथा श्रीमती पूर्ण गुरुङ्की ममतामयी आमा नेपालामा बित्नु भ्ए पस्चात २५ जनवरी २०१५ को दिनमा समाजका अध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्ष क्रमश्: पुर्ण गुरुङ्, जित गुरुङ अनि गम गुरुङ राजु गुरुङको घरमा जानु भई भेट्घाट अनि रिपले स्याई स्याई गर्नु भयो । त्यस्तै क्रममा ओखारी तथा केम्बर्ली बस्नुहुने शिबराम गुरुङको सासु नेपालमा बित्नु भए पस्चात समाजको अध्यक्ष अनि लमजुङ समाजका अध्यक्ष केम्बर्ली जानु भई खादाले स्याई स्याई गर्नु भएको थियो । त्यस्तै गरी डाडाथोक गाउ भई हाल बेजिङ्स्टोक निवासी श्री लेखबहादुर गुरुङ को सासु तथा बिष्णु मायाकी आमा नेपालमै बित्नु भए पछी सान्त्वनाको लागि समाजका अध्यक्ष श्री पुर्ण गुरुङ र सचिब परशु गुरुङ २१ मार्च शनिबारको दिनमा लेख गुरुङ को घरमा जानु भई रित पूर्बक रिपले स्याई स्याई गर्नु भएको थियो ।

त्यस्तै गरी ओखारी तथा रेडिङ बस्नुहुने क्याप्टेन भक्त गुरुङ को ससुरा तथा श्रीमती पन्चकली गुरुङकी बाबा नेपालमा बित्नु भए पस्चात समाजको अध्यक्ष अनि लमजुङ समाजका अध्यक्ष रेडिङ जानु भई स्याई स्याई गर्नु भएको थियो ।

त्यस पस्चात ११ अप्रिल २०१५ मा समर बिबिक्यु पार्टी तयारीको लागी अध्यक्ष पुर्ण गुरुङ्को घर व्हिट्चर्च विन्चेस्टरमा बैठक बसेको थियो । उक्त बैठकमा १५ जना कार्यसमिति तथा साधारण सदस्यहरुको उपस्थिती थियो भने ७ जना सदस्यहरुले उपस्थिती हुन नसकेकोमा क्षमा याचनाको खबर पठाउनु भ्एको थियो ।

२८ अप्रिल २०१५ मा नेपालमा आएको बिधम्सकारी भुइचालो बाट पिडित हरुको राहतको लागि आईपी समाजले केही उद्दार कार्य गरौ भन्ने हेतुले भेटघाट रेस्टुरेण्ट अल्डर्सट्मा बिहीवार ३० अप्रिलको बिलुका अपर्झट बैठक बसेको थियो । उक्त बैठकमा ३० जनाको उपस्थिती थियो । भूकम्प पिडितरुको राहतको लागि चन्दा सङ्कलन गरिने निर्णय गरियो । समाजको कोषबाट ३५००/- पाउण्ड पिडीतहरुको लागि निकासा गरिने निर्णय गरियो । साथै समर बिबिक्युमा हुने मुनाफा पनि पिडीतहरुकै लागि दिइने निर्णय पनि गरियो ।

त्यसपश्चात भूकम्प पिडितहरुको सुची तयार पार्नको लागि प्यार्जुङ गाबिस प्यार्जुङ निवासी श्री कृष्णबहादुर गुरुङ्को नेतृत्वमा निम्न लिखित १३ जनाको कार्य समिति गठन भएको थियो ।

कृष्णबहादुर गुरुङ    - प्यार्जुङ गाबिस

ठाकुरप्रसाद गुरुङ           - प्यार्जुङ गाबिस्

लेखबहादुर गुरुङ            - गौडा गाबिस

बुद्धी गुरुङ                         - गौडा गाबिस

तुलसी गुरुङ                     - भार्ते गाबिस

ओम बहादुर गुरुङ    - भार्ते गाबिस

कमल्र राज गुरुङ             - अर्चलबोट गबिस

तिलक गुरुङ                    - ईलमपोखरी गबिस

खड्क गुरुङ                       - ईलमपोखरी गाबिस

१० गमबहादुर गुरुङ            - बिचौर गाबिस

११ सिद्धी सुनार                    - बिचौर गाबिस

१२ ईन्द्रजित गुरुङ              - श्री मन्जङ गाबिस

१३                                        - श्री मन्जङ गाबिस

१६ मे शनिबार अपराह्न्न कनाउट स्कूलको परिधी भित्र बिबिध कार्यक्रमको साथमा समर बिबिक्यु पार्टी सम्पन्न भएको थियो । त्यसकै भोलीपल्ट उपाध्यक्ष जित गुरुङ्को घरमा केहि कार्यसमितीहरुको उपस्थितिमा पार्टीको सम्पूर्ण हरहिसाबहरु गर्दा पार्टीबाट हुन आएको मुनाफा ४३७/- पाउण्ड भूकम्प पिडीत कोषमा समाबेस गरिएको जानकारी गराउन चाहन्छु ।

जुन २८ आईतबार बिलुका ओक्फार्म कम्युनिटी सेन्टरमा सुबाश गुरुङ्ले निर्देशन गर्नु भएको गुरुङ चलचित्र कर्मरेखाको प्रदर्शनको अवसरमा समाजका अध्यक्ष पुर्ण गुरुङ तथा सचिब परशु गुरुङद्वारा चलचित्र लेखक, निर्देशक तथा नायक सुबाश गुरुङ तथा वहाँका सहकर्मीहरुलाई खादाले सम्मान गरिएको थियो ।

त्यस्तै गरी सल्लबोट भैस्वरा तथा बोन्टोक लण्डन बस्नुहुने सेनबहादुर गुरुङ को सासु तथा श्रीमती कमला गुरुङ्की आमा नेपालमा बित्नु भए पस्चात २ जुलाईमा समाजको अध्यक्ष पुर्णराज गुरुङ अनि श्रीमती जमुना गुरुङ बोन्टोक लण्डन जानु भई रिपले स्याई स्याई गर्नु भएको जानकारी गराउन चाहन्छु ।

दैबको लीला कसलाई पो थाह हुन्छ र, २१ जुलाई मंगलबार बिलुका दौडिने क्रममा अचानक हृदयघात हुनुभई भलायखर्क गबिस आठस्वरा घर भई प्लम्स्टिड बस्दै आउनु भएका समाजको कार्यसमितिको सदस्य श्री हर्क गुरुङ्को निधनले सम्पूर्ण समाज नै स्तब्ध भएको थियो त्यसकै भोलिपल्ट २२ जुलाईको बिलुका समाजका अध्यक्ष, उपाध्यक्ष तथा सचिब क्रमस पुर्ण गुरुङ , जित गुरुङ अनि परशु गुरुङ मृतकको घर प्लमस्टिड लण्डनमा जानु भई समाजको तर्फबाट ५००/- पाउण्ड मृतककी श्रीमती खिलादेबी गुरुङ्लाई हस्तरान्तरण गरियो ।

२५ जुलाई मंगलवारको दिनमा १४ जना सदस्य हरुको उपस्थितिमा स्वर्गीय हर्क गुरुङको अन्त्यष्टिको लागि बैठक बसी छलफल गरियो । स्वर्गीय हर्क गुरुङ लमजुङ समाजमा दर्ता भएता पनि बिभिन्न कारणबाट समाजको तर्फबाट पाउनुपर्ने सहयोग बाट बन्चित हुनुभएको थियो । तसर्थ वहाँको परिवारको सहयोगार्थ केहि चन्दा सङ्कलन गरिने उक्त बैठकमा निर्णय गरियो । मंगलवार ४ अगष्ट को दिनमा समाजको अधिकतम ईष्ट्मित्रहरुको हातबाट अन्तिम श्रद्दाण्जली अर्पण गरी बिधी पूर्बक स्वर्गीय हर्क गुरुङ को अन्त्यष्टी गरियो ।

२२ अगष्ट्को दिनमा समाजका अध्यक्ष पुर्ण गुरुङ र सचिब परशु गुरुङ स्वर्गीय हर्क गुरुङ्को अर्घुको लागि प्लमस्टिड गई छलफल गरियो । सोही दिनमा नै स्वर्गीय हर्क गुरुङ को परिवारको लागि सङ्कलन गरीएको रकमको पुरा हिसाब चेक गरी श्रीमती खिलादेबी गुरुङ्लाई अध्यक्ष पुर्ण गुरुङ्ले जम्मा ६२७९।- पाउण्ड हस्तरान्तरण गर्नु भएको थियो ।

यो रकम निम्न लिखित माध्यम बाट जम्मा हुन आएको जानकारी गराउन चाहन्छु ।

*बैक खातामा जम्मा हुन आएको २८९०/- पाउण्ड
*कोके गाउँका ईष्टमित्र्‍हरुबाट ६६८/- पाउण्ड
*फ्युनरलको दिनमा सङ्कलन गरीएको १४९९/- पाउण्ड
*फूलबाट सङ्कलन गरीएको १२२२/- पाउण्ड

जम्मा ६२७९ पाउण्ड

यस्तो दुखको अवस्थामा समाजले गर्नु भएको मदतलाई कहिले पनि बिर्सने छैन भन्नु हुँदै श्रीमती खिलादेबी गुरुङ्ले समाजका सम्पुर्ण ईस्टमित्रहरुलाई धेरै धेरै धन्यबाद दिनुभएको खबर यसै सभामा जानकारी गराउन चाहन्छु ।

तमुधी युके को प्रावधानमा आइतबार ३० अगष्ट्मा आयोजित नेपाली मेला २०१५ मा लमजुङ समाजको नेतृत्वमा सहभागी भएता पनि आईपी समाजको बाहुल्य उपस्थिती भएको जानकारी गराउदै सम्पूर्ण सहभागी सदस्यहरुलाई मेरो व्यक्तिगत तर्फबाट अनि समाजको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु । यहाँहरु सबैलाई आवगत भ्एकै कुरा हो उक्त मेलाको सहभागीमा लमजुङ समाज दोश्रो स्थान को पुरुष्कार प्राप्त गर्न सफल भएका थिए । यसको श्रेया प्रत्यक्ष वा अप्रत्य्क्ष रुपमा मदत गर्नु भएका र सहज रुपमा सहभागी हुनु भएका सम्पूर्ण सदस्यहरुमा जानेछ ।

तमुधी युके को प्रावधानमा आइतबार ३० अगष्ट्मा आयोजित नेपाली मेला २०१५ मा लमजुङ समाजको नेतृत्वमा सहभागी भएता पनि आईपी समाजको बाहुल्य उपस्थिती भएको जानकारी गराउदै सम्पूर्ण सहभागी सदस्यहरुलाई मेरो व्यक्तिगत तर्फबाट अनि समाजको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु । यहाँहरु सबैलाई आवगत भ्एकै कुरा हो उक्त मेलाको सहभागीमा लमजुङ समाज दोश्रो स्थान को पुरुष्कार प्राप्त गर्न सफल भएका थिए । यसको श्रेया प्रत्यक्ष वा अप्रत्य्क्ष रुपमा मदत गर्नु भएका र सहज रुपमा सहभागी हुनु भएका सम्पूर्ण सदस्यहरुमा जानेछ ।

१ सेप्टेम्बर मंगलबार को दिनमा स्वर्गीय हर्क गुरुङ्को अर्घु प्लमस्टिड मा बिधी पूर्बक धर्मगुरुको पूजा अर्चनाको साथमा सम्पन्न भएको थियो । त्यहाँ पनि सम्पूर्ण ईष्ट्मित्रहरुको उपस्थितिले आईपी समाजको एकार्कमा मेल मिलापको र एकताको ज्वलन्त उदाहरण प्रष्ट देखिन्थ्यो । उक्त दिनमा हाम्रो समाजले स्यार्क नाच पनि प्रस्तुत गरिएको थियो । बिभिन्न समाज बाट त्यहाँ पाल्नु भएका ईष्टमित्रहरुलाई स्यार्क नाचले निकै नै रोमान्चित गराउनुको साथै आकर्षित पनि भएको जानकारीमा आएको थियो । यो नाच कुनै कुनै समाजका तमु बन्धुको लागि एक नौलो पहिचान भएको रहेछ र यस नाचलाई सबै तमुजातिलाई परीचित गराउनु पर्ने जिज्ञास पनि राख्नु भएको थियो ।

यसको श्रेया बिशेस गरी हाम्रा अग्रज ईष्टमित्रहरुमा जानेछ । वहाँहरुको सहयोग र अग्रसरता बिना यो कार्यक्रम अवश्य पनि सफल र प्रशङ्सकारी हुने थिएन ।

१७ अक्टुबर शनिबार बिलुका डा दीपेन्द्र गुरुङ तथा वहाँकी श्रीमती गीता देबी गुरुङ्को सम्मानको लागि भेट्घाट रेष्टुरेण्ट अल्डर्सट्मा भलाकुशारी तथा भेट्घाट कार्यक्रमको आयोजना गरिएको थियो उक्त कार्यक्रममा ३८ जनाको उपस्थितिले निकै नै रमाईलो वातावरण छाएको थियो

त्यस्तै गरी अध्यक्ष पुर्ण गुरुङ्ले अक्टुबर ११ तारिक आईतबार भूकम्प पिडीतहरुको लागि सङ्कलन गरिएको रकम १८४८०/५० (अठार हजार चारसय असी पाउण्ड पचास पेन्स) नेरु. ३०३८४०० (तीसलाख अट्तीस हजार चारसय रुपैया) नेपाल पठाउनु भएको जानकारी गराउन चाहन्छु

३१ अक्टुबर शनिबार अपराहन्न म्युडन एभन्यु फार्नबोरोमा समाजका अध्यक्ष पुर्णराज गुरुङ्को सभापतित्वमा यस छैटौ साधारण सभाको तयारीको लागि बैठक बसेको थियो उक्त बैठकमा २९ जना सदस्यहरुको उपस्थिति रहेको थियो भने जना सदस्यहरुले उपस्थित हुन नसकेकोमा क्षमायाचना गर्नु भएको थियो । बैठक सकिए पश्चात बनकुखुरा (कालीजको मासुसँग मेसीङको ब्यवस्था पनि गरिएको थियो । स्मरण रहोस त्यस मेसीङ्मा भएको खर्च समाजको कोषबाट चलाईएको छैन । त्यसपछि सोरठी (कृष्ण चरित्र) नाच को प्राक्टिस पनि गरिएको थियो ।

शनिबार ७ नोभेमबर २०१५ मा लमजुङ समाज युकेले आयोजना गरिएको हिउदे पार्टीमा पनि हाम्रै समाजको अग्रसरतामा कृष्ण चरित्र (सोरठी) नाच प्रस्तुत गराइएको थियो । साथै उक्त पार्टीमा गतसालको नेपालीमेलामा लमजुङ समाजको सहभागीको लागि लमजुङ समाजको नेत्रेत्वमा सम्योजक गर्नु भई बिशेष भूमिका निभाउनु भएकोमा समाजले प्रशङ्शा गर्दै लमजुङ समाजले अध्यक्ष पूर्णराज गुरुङज्युलाई, त्यस्तैगरी घाटु तथा सोरठीको नृत्यमा गायन तथा बाध्य बाधनमा मुख्य भूमिका निभाउनु भएका श्री लेखमान गुरुङज्युलाई, श्री थपनसिङ गुरुङज्युलाई, अनि श्री गजबहादुर गुरुङज्युलाई बिशेष सम्मान गरेका थिए । सोही अवसरमा आफ्ना नानीहरुलाई बिभिन्न कार्यक्रममा नृत्यको लागि सहभागी गराई नेपाली मेला जस्तो बृहत कार्यक्रममा समेत प्रथम पुरुष्कार हात पार्न सफल गराउनमा बिशेष योगदान दिनु भएकोमा श्री मोतीप्रसाद गुरुङज्युलाई, साथै यी साना नानीहरु जसलाई घाटु नाचको बारेमा कुनै ज्ञान नभएकालाई पनि सक्षम घाटु नर्तकी बनाउनमा बिशेष भूमिका निभाउनु भएकोमा श्रीमती तारा गुरुङज्युलाई, अनि आफ्ना बाबाले कुनै पनि बेलामा कार्यक्रममा सहभागी हुन लगाउदा कहिले नाइ नगर्ने र नाच्न तयार भई समाजको नामलाई उच्च पार्न बिशेष योग्दान दिनुहुने जुम्ल्यहा नानीहरु सुश्री श्रेया गुरुङ अनि सुश्री श्रुती गुरुङलाई प्रशङ्शा गर्दै लमजुङ समाजले सम्मान गरेका थिए ।

अन्तमा हामी एक सामाजिक प्राणी हौ । हामीलाई समाज चाहिन्छ । यो समाज भित्र बस्ने हामी सबैलाई नैसर्गिक अधिकार छ । तसर्थ पूर्बी लमजुङ्का बिभिन्न गाबिस बाट आएका हामीहरु यहाँ बेलायतमा आईपी समाज भित्र एउटै परिवार भएर बसेका छौ यो समाजले बिभिन्न क्षेत्रमा अति उत्तम कार्यहरु गर्दै सफलता पाईरहेको यहाँहरु सबैलाई थाह भएकै कुरा हो बिभिन्न कार्यक्रममा सफलता पाउनु भन्नु नै तपाई हाम्रो मेल मिलाप एकताको को ज्वलन्त उपज हो यसमा दुइ मत छैन समाजलाई प्रत्य्क्ष वा अप्रत्य्क्ष रुपले आर्थिक, भौतिक्, मानसिक समर्थन्, सहयोग्, सल्लाह सुझाब दिईरहनु भएका आईपी समाजका युबा देखी अग्रज सम्मका तमाम ईस्टमित्रहरुमा आईपी समाजका सम्पूर्ण कार्यसमितिका पदाधिकारिहरु लगायत मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु । आजसम्म हामी भित्र कुनै प्रकारको बैमनुष्यता हुने, लान्छना लगाउने र दोषारोपन गरिने कार्य कसैबाट भएको छैन अनि कुनै माध्यमबाट पनि जानकारीमा आएको छैन । भबिष्यमा पनि हामी भित्र यसतै प्रकारको मित्रता, भातृत्व यथावत नै कायम राखी हामी अगाडी बढ्दै जानेछौ भन्न चाहन्छु । यहाँहरु सबैले बडो धैर्यताको साथ यो प्रतिबेदन सुनिदिनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । धन्यबाद

जय आईपी समाज

परशु गुरुङ

सचिब आईपी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far