IP Samaj UK Lhoshar 2011
You are here: HomeConstitution

CONSTITUTION OF IP SAMAJ


 
ईलमपोखरी समाज (युके) २००९ को बिधान

प्रस्तावना

नेपालबाट बाहिर बेलायतको बिभिन्न भागमा पेशा अँगालेर स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका नेपालको गण्डकी अञ्चल लमजुङ जिल्ला अन्तर्गत पूर्बी लमजुङ क्षेत्रको बासिन्दालाई एउटैथलोमा समेटी मन बचन कर्मले सामाजिक कल्याणकारी कार्यहरुगरी आपसी समझदारी, सदभाव सहयोगको बिकास गरी भावनात्मक एकताको सुत्रमा आबद्द गरी आफ्नो भाषा धर्म संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्य लिई २००९ साल जून महिनाको तारितदअनुसार बि. स. २०६६ जेष्ठ २३ गते युकेको फार्नबोरोमा यो ईलमपोखरी समाजको स्थापना भएको हो । यो समाजलाई सुचारु रुपले निती नियम अनुसार संचालन गर्नको लागि यो बिधान निर्माण गरिएको छ ।

परिच्छेद १:

नाम, प्रारम्भ र प्रयोग

(क) यस समाजको नाम "ईलमपोखरी समाज युके" २००९ हुनेछ ।

(ख) यो बिधान समाजको साधारण सभाले पारित गरेपछि लागु हुनेछ ।

(ग) यो बिधान यस समाजको सम्पूर्ण सदस्यहरुमा लागु हुनेछ ।

घ) यस समाजको केन्द्रिय कार्यालय हाललाई बेलायतको फार्नबोरोमा अस्थाई रुपमा रहनेछ ।

(ङ) यस समाजको सम्पूर्ण काम यसै बिधान अनुसार हुनेछ र समय अनुसार बिधानमा निती नियम कार्यबिधिहरुमा बार्षिक साधारण सभाको बहुमतको मञ्जुरीबाट थपघट गर्न सक्नेछ ।

(च) औपचारीक कामको लागि यस समाज देवनागरी तथा अँग्रेजी दुवै भाषाको प्रयोग गर्न सक्नेछ ।

(छ) यो समाज कुनै पनि राजनैतिक पार्टी, जात र धर्म सँग संबन्धित हुनेछैन ।

 

परिच्छेद २:

उद्देश्य

(क) बेलायतमा स्थाई वा अस्थाई रुपमा रहेका सम्पूर्ण ईलमपोखरी क्षेत्रका बासिन्दाहरु माथि कुनै दु:खद घटना (मृत्यु) भएमा यो समाजले आफ्नो निती नियम भित्र रहेर उक्त ब्यक्ति वा परिवारलाई भौतिक तथा आर्थिक सहयोग गर्नेछ ।

ख) आफ्नो समाजको बिध्यमान, भाषा, जातिया रितीरिवाज, परम्परा, संस्कृती धर्म र काजकृया जस्ता शुभ अशुभ कार्यहरुमा समय र ठाउँ सुहाउँदो हिसाबले क्रमिक रुपमा सुधार गर्नेछ ।

(ग) यस क्षेत्रका बासिन्दाहरु माझ एक आपसमा समजदारी, सदभाव र सहयोगको बिकासगरी सबैलाई भावनात्मक एकताको सुत्रमा आवद्द गर्नेछ ।

 

परिच्छेद ३:

परिभाषा

बिषय वा प्रसँगले अर्को अर्थ नलागेमा,

(क) समाज भन्नाले "ईलमपोखरी समाज युके” लाई जनाउँनेछ ।

(ख) सदस्य भन्नाले "ईलमपोखरी समाजको सम्पूर्ण सदस्यहरुलाई जनाउँनेछ ।

(ग) प्रशासनिक पदाधिकारी (Executive Committee Members) भन्नाले यस समाजका अध्यक्ष (President), उपाध्यक्ष (Vice President), महाँसचिव (General Secretary), सचिव (Secretary), कोषाध्यक्ष (Treasurer), सहकोषाध्यक्ष (Assistant Treasurer) लाई जनाउनेछ ।

(घ) प्रशासनिक समितिको सदस्यहरु (Executive Committee members) र समिति सदस्यहरु (Committee Members) को सभालाई नै यस समाजको कार्यसमिति (Excutive Committee) भनेर जनाउँनेछ ।  

परिच्छेद :

छाप चिन्ह

(क) यस ईलमपोखरी समाजको चिन्ह षडकोणको मध्य भागमा लमजुङ हिमाल र ईलमपोखरीको चित्र र षडकोणको छ वटा कुनामा लालीगुराँस फूल र यी सबैलाई गोलाकार भित्र राखेर गोलाकारको माथिको आधा भागमा समाजको नाम र स्थान तल्लो आधा गोलाकारमा समाज स्थापना भएको साल लेखेर राखिनेछ ।

(ख) नेपालको अन्नपूर्ण हिम् शृङ्खलामा पर्ने लमजुङ हिमाल जसको उचाई बाईस हजार नौसय बीस फिट (२२९२०) ६ हजार नौसय छयासी (६९८६) मिटरको उचाईमा रहेको त्यस लमजुङ हिमालको काखमा परापूर्वकालदेखी बसोबास गर्दै आएका हाम्रो लमजुङ बासिन्दाहरुको बासस्थान भनेर जनाउँदछ ।

(ग) ईलमपोखरीबासी भन्नाले पूर्बी क्षेत्रमा बसोबास गर्ने पूर्बी लमजुङका बासिन्दाहरु भनेर चिनाउँदछ । पूर्बी लमजुङको यो ईलमपोखरी यस क्षेत्रमा मात्र नभएर पुरै लमजुङ जिल्लामा प्रख्यात हुनुको साथै यस क्षेत्रको यो अति नै प्रख्यात धार्मिक स्थल पनि भएको हुनाले हामी पूर्बी लमजुङ बासिन्दाहरुको मान र प्रतिष्ठाको एक महत्वपूर्ण प्रतिक पनि हो ।

(घ) लाली गुराँस फूलले यस ईलमपोखरी क्षेत्रलाई अती नै मनोरम देखाउनुको साथै यो फूल हाम्रो देश नेपालको राष्ट्रिय फूल पनि हो । यसले हाम्रो राष्ट्रियता र नेपालीपन पनि दर्शाउँदछ ।

(ङ) नेपालीहरुको कुनै पनि धार्मिक कार्यहरुमा षडकोणको बिशेष महत्व छ । यसले सबै कोणको देवी देवताहरुको प्रतिनिधित्व गर्ने भएकोले चारैतिरबाट मानव जातीको कल्याण र रक्षा गर्दछ, यसर्थ यसले हामी ईलम पोखरी क्षेत्रका बासिन्दाहरुलाई अवश्य कल्याण र रक्षा गर्नेछ । तसर्थ यसको बिशेष महत्व छ ।

(च) यी माथि उल्लेख गरिएका सबै चिन्हहरु नै यस समाजको छाप (Logo) हुनेछ ।

  

परिच्छेद ५:

सदस्यता

यो ईलमपोखरी समाज पूर्बमा चेपे खोला, पश्चिममा दोर्दी खोला  उत्तरमा हिम् शृङ्खला र दक्षिणमा मर्स्याङ्दी खोलाको ईलाकाभित्र बसोबास गर्ने बासिन्दाहरुको मात्र समाज भएकोले यस समाजको बिधान मानी ईलम पोखरी समाजको सदस्य बन्न सक्नेछ ।

(ख) सदस्यताको लागि अठार वर्ष उमेर पुगेको हुनुपर्नेछ । त्यसभन्दा मुनिको छोराछोरीहरु बाबाआमाको सदस्यतामा गाभिनेछ ।

(ग) सदस्यताको लागि (पहिलो पटक मात्र) दर्ता शुल्क स्वरुप (संशोधन भएको) दश पाउण्ड (£१०/-) र सदस्य शुल्क पन्ध्र पाउन्ड (£१५/-) गरी जम्मा पच्चीस पाउन्ड (£२५/-) मा सदस्य बन्न सक्नेछ ।

(घ) एक पटक सदस्यता लिई सकेपछि उक्त सदस्यले हरेक बर्ष December महिनाको अन्त सम्ममा (संशोधन भएको) सदस्य शुल्क £१५/- पाउण्ड बुझाई सक्नु पर्नेछ ।

(ङ) यसै बिधानको परिच्छेद ५ को धारा (क) मा उल्लेख गरिए अनुसार यस क्षेत्रका ब्यक्तिहरु यो समाज स्थापना भएको वर्षमा यहाँ बेलायतमा आईसकेको र उक्त ब्यक्तिले केहि समय पछि मात्र सदस्यता लिन चाहेमा उक्त ब्यक्तिले जुनसुकै महिनामा सदस्यता लिए पनि जम्मा £२५/- मात्र तिरेर सदस्यता लिन सक्नेछ ।

(च) समाज स्थापना भई सकेपछि आएका ब्यक्तिका लागि पनि चालु वर्षको जुनसुकै महिनामा सदस्य बन्ने ईच्छा गरेता पनि उक्त ब्यक्तिले त्यस वर्षको पूरै सदस्यता शुल्क र दर्ता शुल्क जम्मा £२५/- तिरेर सदस्य बन्न सक्नेछ ।

(छ) यस समाजको सदस्यता नबनेका कुनै पनि पूर्बी लमजुङ बासिन्दाहरुले यस समाजको निर्वाचनमा भाग लिन वा मतदान दिन पाउँनेछैन ।

 

परिच्छेद ६:

कार्यसमितिको गठन

(क) यस ईलमपोखरी समाजको कार्यसमिति (Executive Committee) को लागि तीन तहका सदस्यहरु राखिनेछ । (१)प्रशासनिक समितिका सदस्यहरु (Executive Committee Members) (२) समितिका सदस्यहरु (Committee Members) र (३) साधारण सदस्यहरु (Ordinary Members)

(ख) यस समाजले प्रशासन समिति (Executive Committee) को लागि साधारण सदस्यहरुबाट एक अध्यक्ष एक उपाध्यक्ष, एक महासचिब, एक सचिब, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष र केहि सदस्यहरु निर्वाचन गर्नेछ ।

(ग) ६ जना प्रशासनिक सदस्यहरु र समितिका सदस्यहरुको सभा नै यस समाजको मुख्य कार्य समिति (Executive Committee) हुनेछ ।

(घ) मुख्य कार्यसमिति (Executive Committee) को पदावधि ३ बर्षको हुनेछ र त्यसपछि फेरि साधारण सदस्यहरु (Ordinary Members) बाट नयाँ कार्यसमितिको लागि नयाँ पदाधिकारीहरु निर्वाचन गरिनेछ ।

(ङ) कुनै कारणबस प्रशासनिक समितिमा सदस्यहरुको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि समितिका सदस्यहरु (Committee Members) बाट कुनै एक सदस्यलाई प्रशासनिक समितिमा वर्तमान प्रशासनिक समितिका सदस्य (Executive Members) को बहुमतको निर्णयबाट पदपूर्ति गर्न सकिनेछ ।

(च) समिति सदस्यहरु (Committee Members) को स्थान रिक्त हुन गएमा प्रशासनिक समिति (Executive Committee Members) का सदस्यहरु र बाँकी रहेका समितिका सदस्यहरु (Committee Members) को निर्णयबाट कुनै साधारण सदस्य (Ordinary Members) लाई समितिको सदस्य (Committee Members) बनाउन सक्नेछ ।

(छ) कार्यसमितिले (Executive Committee) केही सल्लाहकारहरु मनोनित गर्नेछ र उनीहरुको पदावधी ३ बर्षको हुनेछ ।

(ज) कार्यसमितिको (Executive Committee) अध्यक्षको पदावधी सकिएपछि स्वत: समाजको सल्लाहकारमा नियुक्ती हुनेछ ।

 

परिच्छेद ७:

कार्यसमितिको सदस्यहरुले पालना गर्नुपर्ने नियमहरु

(क) समाजको बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने ।

(ख) समाजको रकम कसैलाई सापटी नदिने ।

(ग) कार्यसमितिमा रहेको कुनैपनि सदस्य ३ पटकसम्म बैठकमा अनुपस्थिती भएमा अध्यक्षको परामर्शमा कार्य समितिबाट हटाउन पनि सकिनेछ ।

(घ) समाजको रकम हिनामिना भएमा वा गरेमा समाजको अध्यक्ष कोषाध्यक्ष र सहकोषाध्यक्षबाट सोधभर्ना गरिनेछ ।

(ङ) समाजको सामान हराएमा उक्त ब्यक्तिबाट सोधभर्ना गराउनेछ ।

(च) समाजको कोष बलियो बनाउनको लागि समय र ठाउँ अनुसार कार्यक्रम संचालन गर्ने । यसको लागि साधारण सदस्यहरु (Ordinary Members) समेत राखेर छुट्टै अस्थाई कार्यसमिति बनाउने । उक्त कार्यक्रम सकिएपछि सो कार्यसमिति स्वत: भङ्ग हुनेछ ।

(छ) कुनै पनि बेला आवश्यक ठानेमा कार्यसमितिले साधारण सभा बोलाउन सक्नेछ ।

(ज) यदि बिधानमा कुनैपनि निति नियमहरु संसोधन गर्नु परेमा दुई तिहाई बहुमतले बिधानको परिच्छेद, धारा, उपधारा, निती नियमहरु संशोधन को साथै थपघट गर्न सक्नेछ । यस कार्यको लागि गणपुरक संख्याको पचास प्रतिशत भन्दा बढी हुनु पर्नेछ ।

(झ) समाजको कुनै पनि बिषयमा निर्णय गर्दा संख्या बराबर भएमा अध्यक्षको मत निर्णायक हुनेछ ।

 

परिच्छेद ८:

प्रशासनिक समिति (Executive Committee) र सल्लहाकारहरु (Advisor) को

काम कर्तब्य र अधिकार

(क) अध्यक्ष:   १:     कार्यसमिति (Executive Committee) को प्रतिनिधित्व गर्ने ।

           २:     बैठकको सभापतित्व गर्ने ।

           ३:     कार्यसमितिको सदस्यहरुलाई नियम पालन गर्न लगाउने ।

           ४:     समाजको हितको कार्य गर्ने गराउने ।

(ख) उपाध्यक्ष:१:     अध्यक्षलाई सहयोग गर्ने

         २:     अध्यक्षको अनुपस्थितीमा अध्यक्षको जिम्मेवारी बहन गर्ने ।

           ३:     समाजको हितको कार्य गर्ने ।

(ग) महासचिब:१:     अध्यक्षको परामर्शमा बैठक बोलाउने ।

           २:     छलफलहरुको सूची बनाउने ।

३:   समाजको बिधान, बैठकको रेकर्ड किताबहरु र अन्य कागजपत्रहरु सुरक्षित      राख्ने ।

४:    समजको बर्ष भरीको कृयाकलापहरुको प्रतिबेदन बार्षिक साधारण सभा (AGM) मा सुनाउने ।

             ५:    समाजको हितको कार्य गर्ने ।

(घ) सचिब:   १:     महासचिबको अनुपस्थितीमा महासचिबको जिम्मेवारी बहन गर्ने ।

२:     समाजको कागज पत्र सुरक्षित राख्ने ।

३:     बैठकको निर्णय लेख्ने ।

४:     महासचिबलाई सहयोग गर्ने ।

५:     समाजको हितको कार्य गर्ने ।

(ङ) कोषाध्यक्ष: १:    समाजको सम्पूर्ण आयब्यायको हिसाब राख्ने र बैठकमा प्रस्तुत गर्ने ।

२:     अध्यक्षसँग सँयुक्त बैंक खाता संचालन गर्ने ।

३:    अध्यक्ष र कार्यसमिति (Execuftivee committee) को निर्णय अनुसार आम्दानी खर्चको ब्यवस्था गर्ने ।

४:     समाजको हितको कार्य गर्ने ।

(च) सहकोषाध्यक्ष:१: कोषाध्यक्षको अनुपस्थितीमा कोषाध्यक्षको जिम्मेवारी बहन गर्ने ।

२:     कोषाध्यक्षलाई सहयोग गर्ने ।

३:     समाजको हितको कार्य गर्ने ।

(छ) सल्लाहकार:१:    कार्यसमिति (Executive committee) लाई आफुले जाने बुझेको सर सल्लाह र सुझाबहरु दिने ।

२:     समाजको हितको कार्य गर्ने ।

 

परिच्छेद ९:

समाजको बैठक

(क) यस समाजको बार्षिक साधारण बैठक (AGM) प्रशासनिक समिति र सल्लाहकारहरुको परामर्शमा यथासम्भव गएको सालको कुन महिनामा बैठक सम्पन्न भयो त्यसै मितिको नजिकमा बोलाईनेछ । सकेसम्म November महिना नकाटियोस ।

(ख) यस बाहेक हरेक कार्यक्रमपछि कार्यक्रमबारे छलफल गर्न र हिसाब किताब गर्नको लागि कार्य समितिको बैठक बोलाईनेछ ।

(ग) यस बिधानको परिच्छेद ७ को धारा (छ) मा उल्लेख भए अनुसार आवश्यक ठानेमा कुनै पनि बखतमा बैठक बोलाउन सक्नेछ ।  

 

 

परिच्छेद १०:

समाजको कोष

(क) यस समाजको छुट्टै कोष रहनेछ ।

(ख) कोषको बैंक खाता HSBC मा रहनेछ ।

(ग) यस समाजको कोष परिच्छेद ८ को धारा (ङ) को उपधारा (२) अनुसार संचालन हुनेछ ।

(घ) यस समाजको कोषमा सदस्यता शुल्क, बार्षिक कल्याण शुल्क (Annual Subscription Fee) चन्दा, दान, कसैले स्व-इच्छाले दिएको अनुदान, जिन्सी सामाग्री तथा बिभिन्न श्रोतहरुबाट प्राप्त रकम यस समाजको बैंक खातामा जम्मा गरिनेछ ।

(ङ) यस समाजको सदस्यहरुले समाजलाई तिर्नु पर्ने बार्षिक कल्याण शुल्क हरेक सालको December (संशोधन भएको) महिनाको अन्त सम्ममा यस समाजलाई तिरी सक्नु पर्नेछ ।

(च) यस समाजको आर्थिक बर्ष January १ तारिक बाट शुरु भई December महिनाको ३१ तारिकमा अन्त हुनेछ ।

 

परिच्छेद ११:

समाजको बार्षिक कार्यक्रम

(क) यस समाजले बर्षको २ पटक बार्षिक कार्यक्रमको आयोजना गर्नेछ । एउटा गृष्माकालिन भेटघाट (Summer-Get-Together) जुन वा जुलाई महिनामा र अर्को हिउँदमा ल्होछारको उपलक्ष्यमा December महिनामा आयोजना गरिनेछ ।

(ख) यी मुख्य दुई कार्यक्रम बाहेक अरु कार्यक्रमहरु पनि समय र स्थिती अनुसार कार्य समितिको निर्णयबाट आयोजना गरिनेछ ।

(ग) यो समाजले अरु संघ सँस्थाहरुसँग मिलेर पनि अरु कार्यक्रमहरु गर्न सक्नेछ तर यसको लागि कार्य समिति (Executive Committee) बाट निर्णय हुनु जरुरी छ ।

 

परिच्छेद १२:

सहयोग रकम

 

(क) यस समाजको कुनै पनि सदस्य वा सदस्यको परिवारभित्र मृत्यु भएमा समाजको कोषबाट उक्त परिवारलाई सहयोग र सान्त्वना स्वरुप £५००/- तुरुन्त दिईनेछ ।

(ख) यस समाजले नेपालको गाउँघरमा चलिआएको स्योरा भने उठाउनेछैन । तर कसैले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्न चाहेमा यस समाजले मनाही गर्नेछैन

(ग) संशोधन भएको – एउटै परिवारको भित्र सदस्यहरु जो २५ बर्ष भन्दा मुनिका नानीहरु र बाबा आमा ८० बर्ष भन्दा माथिका छन भने समाजबाट दिईने £५००/- तुरुन्त सहयोग पाउँनेछ ।

(घ) यस समाजको परिच्छेद २ को धारा (क) अनुसार यस क्षेत्रका बासिन्दाहरु माथि कुनै आकस्मिक दु:खद घटना घट्नगई यस समाजसंग सहयोग मागेमा यस ईलमपोखरी समाजले उक्त ब्यक्तिको बिषय र अवस्था हेरेर कार्यसमितिले के कति रकम के कसरी जुटाएर सहयोग दिने भनेर निर्णय गर्नेछ ।

(ङ) यो समाजले नेपालमा बसोबास गरिरहेका कुनै पनि ईलमपोखरी क्षेत्रका बासिन्दाहरुको वा उनीहरुको परिवारको दु:खद घटनामा यस समाजको कोषबाट आर्थिक सहयोग पाउन सक्नेछैन । यदि यस समाजसंग सहयोग माँगेमा यसै बिधानको परिच्छेद १२ को धारा (घ) मा उल्लेख गरिएअनुसार निर्णय गरिनेछ ।  

 

 

परिच्छेद १३:

प्रशासनिक समिति (Executive Committee) का सदस्यहरु, समिति सदस्यहरु (Committee Members) रसाधारण सदस्यहरु (Ordinary Members) को पद तथा सदस्यताबाट निस्काशन वा जरिवाना गर्न सक्ने प्रावधान ।

(क) प्रशासनिक समितिका सदस्यहरु (Executive Committee Members) तथा समिति सदस्यहरु (Committee Members) ले कुनै पनि कारणबस आफुले बहन गरेको जिम्मेवारी र आफ्नो पदको गलत प्रयोग गरेको प्रमाणित भएमा वा पद अनुसारको कार्य गर्न नसकि समाजलाई कठिन अवस्थामा पारेमा कार्यसमिति (Executive Committee) को बैठकको बहुमतको निर्णयबाट उक्त सदस्यलाई पदबाट वा पद र सदस्यता दुवैबाट निष्काशन गर्न सक्नेछ । यस अवस्थामा निजको सदस्यता शुल्क फिर्ता हुनेछैन ।

(ख) यो समाजको कुनैपनि सदस्यले समाजको छाप, कागजपत्रहरु र जिन्सी सामानहरुको आफुखुशीले गलत प्रयोग गरेको भेटाएमा कार्य समिति (Executive Committee) को बैठकको बहुमत निर्णयबाट उक्त सदस्यलाई पदबाट वा पद र सदस्यता दुवैबाट निष्काशन वा (२) बर्षको लागि सदस्यताबाट निष्काशन वा एकसय पाउण्ड (£१००/-) जरिवाना गर्न सकिनेछ । यसरी सजाय पाएको सदस्य (५) पाँच बर्षसम्म प्रशासनिक समिति (Executive Committee) को सदस्य र समिति सदस्य (Committee Member) बन्न सक्नेछैन ।

(ग) यो समाजको कुनैपनि सदस्यले यस समाजको बिधान बिपरित कार्य गरेमा वा समाजको अहित हुने कृयाकलाप गरेको प्रमाणित भएमा कार्य समिति (Execuftive Committee) को निर्णयबाट उक्त सदस्यलाई यस ईलमपोखरी समाजको सदस्यताबाट निस्काशन गर्नेछ र निजले अहिलेसम्म तिरेको सदस्यता शुल्क फिर्ता गरिने छैन ।

(घ) यसै परिच्छेद ५ को धारा (घ) मा उल्लेख गरिए अनुसार December महिनाको अन्त सम्ममा (January बाट December महिनामा संशोधन भएको) भनिएता पनि सदस्यहरुको सुबिधाको लागि यस ईलम पोखरी समाजको सदस्यले समाजलाई बार्षिक तिर्नु पर्ने बार्षिक कल्याण शुल्क January महिनाको अन्त सम्ममा नतिरेमा यस ईलम पोखरी समाजको सदस्यता बाट खारेज गर्न सकिनेछ । यस स्थितिमा उक्त सदस्यको सदस्यता शुल्क फिर्ता गरिनेछैन । यसै बिधानको परिच्छेद १२ को धारा (क) मा उल्लेख गरिएको सहयोग रकम उक्त सदस्यले यस समाज बाट पाउने छैन । तर उक्त ब्यक्तिले समाजसँग सहयोग मागेमा यो समाजले यसै बिधानको परिच्छेद १२ को धारा (घ) अनुसार कार्यसमिति (Execuftive Committee) ले निर्णय गरिनेछ ।

परिच्छेद १४:

पूर्बी लमजुङ क्षेत्रका बासिन्दाहरुको छोरी ज्वाँईहरु यस समाजको सदस्य

बन्न सक्ने वा नसक्ने प्रावधान

 

(क) यस ईलमपोखरी क्षेत्रका बासिन्दाहरुको कुनै पनि पुरुष वा स्त्रीले कुनै पनि जातीसँग बिबाह गरेता पनि यदि उनीहरु यस समाजको सदस्यता लिने ईच्छा गर्छन भने यस समाजको बिधान अनुसार सदस्य बन्न सक्नेछ ।

(ख) यसै परिच्छेद १४ को धारा (क) मा उल्लेख गरिए अनुसार यस समाजको सदस्यता लिने इच्छा गरेमा उक्त ब्यक्तिले (आफ्नो नातेदार बाहेक) यस समाजको कुनै सदस्यको सिफारिस सहित के कति कारणले यस समाजको सदस्यता लिन चाहेको त्यसको बिबरण खुलाई समाजमा निबेदन गर्नु पर्नेछ ।

(ग) यसरी आएको निबेदनलाई कार्य समिति (Executive Committee) को बैठकले छलफल गरी उक्त ब्यक्तिलाई सदस्यता दिने वा नदिने निर्णय गर्नु पर्नेछ ।  

(घ) यस प्रकारले आएको निबेदनलाई कार्य समिति (Executive Committee) को बैठकले सदस्यता दिने निर्णय गर्दछ भने उक्त ब्यक्ति यस समाजको मानार्थ सदस्य (Honorary Member) मात्र बन्न सक्नेछ । यो ईलमपोखरी समाज यस क्षेत्रका बासिन्दाहरुको सामाजिक, आर्थिक, आफ्नो सँस्कार र सँस्कृति ईत्यादि कुराहरुको बिकास र संरक्षण गर्न भनी खोलिएको समाज भएको हुँदा उक्त ब्यक्ति वा सदस्यले प्रशासनिक समिति (Executive Committee) वा साधारण सदस्य (Committee Member) वा सधारण सदस्य बन्न सक्ने प्रावधानबाट रोक लगाइनेछ । उक्त सदस्य मानार्थ सदस्य (Honorary Member) मात्र भएको हुँदा कार्य समितिको चयन हुँदा मतदान प्रयोग गर्न पाउनेछैन । साथै यस समाजको कुनै पनि कार्यकारिणी पदमा चयन हुन सक्नेछैन । यस बिषयमा यस समाजको कुनै पनि सदस्यले सिफारिस गर्न सक्नेछैन ।

 

परिच्छेद १५:

कार्यसमिति (Executive Committee) बिघटन गर्न सक्ने प्रावधान

(क) यदि कुनै सदस्यले कार्यसमिति (executive committee) बिघटन गर्नु पर्ने आवस्यक ठानेमा के कति कारणले हो सो को लिखित बिबरण यस समाजको बैठकमा पेश गर्नु पर्नेछ र समाजको तीनै तह प्रशासनिक समिति (Executive Committee) को सदस्यहरु, कार्य समिति सदस्यहरु (Committee Members) र साधारण सदस्यहरु (Ordinary Members) ले छलफल गरी बहुमतको आधारमा पास भएमा उक्त कार्यसमिति तोकिएको मितिबाट बिघटन गराउन सक्नेछ ।

(ख) यो प्रावधानको लागि सर्बप्रथम तीनै तह प्रशासनिक समिति (Executive Committee) को सबै सदस्यहरु, कार्यसमिति सबै सदस्यहरु (Committee Members) र दुई तिहाई साधारण सदस्यहरु (Ordinary Members) बैठकमा उपस्थित हुन आवश्यक छ ।

(ग) तीनै तहका सदस्यहरुको बहुमतबाट कार्यसमिति (Executive committee) बिघटन भएमा अर्को कार्यसमितिको (Executive Committee) को निर्बाचन नभएसम्म त्यसै बैठकबाट चुनिएका पाँच जना सदस्यहरु सभाले कुनै पद बिना आन्तरिम कार्य समितिको (Interim Executive Committee) काम सम्हाल्नको लागि चयन गराउनेछ । दुई हप्ता भित्र अर्को कार्यसमिति (Executive Committee) को निर्बाचन गर्नु पर्नेछ ।

*** समाप्त ***

 

   
  
  
  
  
  
  
  
  
  
  
  
 
 
 


Free business joomla templates
unique tracker
Page visited so far