IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsIlamPokhari samaj Summer Party 2018

IlamPokhari samaj Summer Party 2018

ईलमपोखरी समाज युकेको गृष्मकालीनबिबिक्यु पार्टी २०१८

झ्यालढोका बन्द गरिएको कोठामा धेरै समयसम्म निसासिएर बसी बाहिर निस्केझैं

बिहान ८ बजेसम्म अंध्यारो भईरहने, अपराह्न्नमा :३० बजे सुर्य अस्ताई दिनले कालो घुम्टो ओढी रातलाई अन्माई हाल्ने मौसमलाई पार गरी बसन्त र गृष्म ऋतुको हराभरा जता                          हे-यो उतै हरियाली र फूलफुली रहेको मौसममा कामबाट फुर्सद लिई कहिले होलीडे त कहिले पार्टीमा भेटघाट गर्न पाउँदाको मज्जा नै छुट्टै हुन्छ ।        त्यसै भएर नै ईलमपोखरी समाजले हरेक बर्ष यसै मौसमलाई अंकित गरी रमाईलो कार्यक्रमको आयोजना गर्दै आईरहेकोछ 

    यसबर्ष पनि पूर्बनिर्धारित मिति अनुसार शनिबार जून ९ तरिख Connaught School Aldershot मा बिभिन्न खेलकुद, भाग्योदय चिट्ठा (Raffle Draw) र नाचगानको साथमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो 

कार्यक्रमको पूर्ब तयारीको लागि शनिबार 12 May मा Co-ordinating बैठक बसी बिभिन्न कार्यहरुको जिम्मेवारीको लागि कार्यसमितिका पदाधिकारीहरुलाई कार्य बिभाजन गराईएको थियो भने समाजका अध्यक्ष श्रीपूर्णराज गुरुङलेकार्यक्रमको सँयोजकको अभिभारा लिनुभएको थियो 

  युकेको मौसमको त्यती भरोसा गर्न हुँदैन भन्छन्, घामबाट पानी, पानीबाट घाममा बदलिन केहि बेरै लाग्दैन बिहानीपख सफा आकाश हुँदा सूर्यको किरण बिस्तरामै पर्थ्यो । तर शनिबार ६ बज्दा पनि बिस्तरामा घाम छैन, झ्यालबाट हेरें धुम्मा आकाश देख्दा मनमा खिन्नता छायो । कतै बर्बाद हुनेत होईन भनेर। तर बिर्सेको त छैननी बेलायतको मौसमले झुक्याउँछ भनेरकेही सान्त्वाना आफैले दिएंधुप बत्ती बाली पूजाअर्चना गर्न पनि छोडिन । तर यो मेरो दैनिकी नियमितता हो । प्रसँगमा जोडेको मात्र हो 

        पार्टीको समय १ बजे राखेको भएतापनि हामी नेपालीको समय , २ घण्टा ढिलो नै हुने वा गर्ने स्वभाब यथावत नै । जेहोस -आफ्नो समयमा सबै आगन्तुकहरु आउन थाले । भेटघाट रेस्टुरेण्ट Aldershot ले बन्दोबस्त गरेको स्वादिलो बिबिक्यु र अरु परिकारको Starter खाँदै एकार्कमा भेटघाट र भलाकुसारी गर्न थाले 

 कार्य समितिका सदस्यद्वय श्रीहरि गुरुङ अनि श्रीमती गौंनमाया गुरुङको नेतृत्वमा Control Point मा अनिता गुरुङ, अश्मिता गुरुङ र एलिशा गुरुङ आगन्तुकहरुलाई टिकट दिन ब्यस्त थिए भने कोषाध्यक्ष श्री उपा गुरुङ सदस्यहरुको बार्षिक शुल्क र नयाँ सद्स्य Register गराउँनमा ब्यस्त थिए । त्यसतै गरी कार्यसमितिका अर्को सदस्यद्वय श्रीमती लक्ष्मीगुरुङ र श्रीशिवराम गुरुङको Under supervision मा पेया पदार्थहरु धमाधम सुपथ मुल्यमा बिक्री गर्दै बारमा खटिएका दिदीबहिनीहरु ब्यस्त थिए 

 कार्यक्रमको समय तालिका अनुसार खेलकुदहरु पनि शुरु हुन थाले सल्लाहकार श्रीरुद्राराज गुरुङ युवा सँयोजक श्रीलक्ष्माण गुरुङ र सकृया युवा सदस्य श्रीराम गुरुङको सँयोजकत्वमा Youth Veteran को छुट्टाछुट्टै ग्रुपमा Football खेलको आयोजाना गरिएको थियो भने श्रीमती लक्ष्मी गुरुङको सँयोजकत्वमा महिला भलिबल खेलको आयोजना पनि रिएको थियो सबैको नजरमा त्यसदिनको सबैभन्दा रोचक खेल महिला भलिबल खेल नै थियो  महिला खेलाडीहरु आफ्नो नाम लेखिएको भेष्टमा बडो उत्साहका साथ तमतयार भए । सल्लाहकार श्रीतुलराम गुरुङले खेलको साधारण नियमहरु बताए पश्चात निश्चित प्रतियोगिताको लागि पहिलो सिट्टी बज्यो । खेलको अन्तमा LSUK आमा समुहकी उपाध्यक्ष श्रीमती लक्ष्मीगुरुङले नेतृत्व गर्नुभएकोटिम, LSUK आमा समुहकी अध्यक्ष श्रीमती जुनागुरुङले नेतृत्व गर्नुभएकोबीटिमलाई ४९ पोइण्टको बिरुद्ध ५१ पोइण्ट ल्याई २०१८ को महिला भलिबल प्रतियोगितामा बिजयी भए 

 त्यस पश्चात तुरुन्तै ठेलो प्रतियोगिता शुरु भयो सचिब परशु गुरुङले संचालन गरेको यसखेलमा सबै प्रतिष्पर्धाहरुको रेकर्ड सल्लाहकार श्रीमोहनसिङ गुरुङले लेख्नुभएको थियो भने सह-सचिब भोज गुरुङ र अन्य सहयोगीहरु पनि हुनुहुन्थ्योबाह्य खेलहरुमा यो अन्तिम प्रतियोगिता हुनाले धेरै दर्शकहरुको उपस्थिती हुनाले खेलाडीहरुमा बढी जोस र हौसला थपिएको थियो खेलको अन्तमा युबातर्फ श्रीभुपाल गुरुङ (डाँडाथोक/ Nuneton प्रथम र सुबाश गुरुङ (प्यार्जुङ / Reading) द्वितिय हुनु भएको थियो भने Veteran तर्फ श्रीभरत गुरुङ (श्रीलामामन्जङ / Reading प्रथम र श्रीतिलकराज गुरुङ (ताजी /Farnborough ) द्वितिय हुनुभएको थियो 

अति सुन्दर मौसम भएको दिन न त घाम न त बर्षा नै । न त जाडो नै थियो न त गर्मी नै । सबैजनाको मुहारमा मुस्कान र खुशीयाली देखिन्थ्यो सबैजना पार्टी हलभित्र छिर्न थाले अर्को कार्यक्रमहरुको अवलोकन गर्न 

सचिब श्रीपरशु गुरुङले उदघोषणा गरेको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष श्रीपूर्णराज गुरुङले सभापतित्व गर्नुभएको थियो भने प्रमुखअतिथिमा लमजुङ समाज युकेका अध्यक्ष श्रीबोहत गुरुङज्यु असीन हुनुभएको थियो । सभापतिज्यु, प्रमुख अतिथिज्यु र सँस्थापक अध्यक्ष तथा बरिष्ट सल्लाहकार श्रीमोहनसिङ गुरुङज्युले पानसमा दिप प्रज्वोलन गर्नु भई कार्यक्रमको उद्घाटन गरिएको थियो जन्मथलो तथा कर्मथलो दुवै देशको राष्ट्रीय धुन बजेपश्चात समाजका उपाध्यक्ष श्रीजितबहादुर गुरुङज्युले स्वागत मन्तब्य राख्नु भएको थियो 
समाजमा भर्खर सदस्यता लिनुभएका महानुभबहरु र बिभिन्न अन्य क्षेत्रहरुमा योगदान पु-याउँनु भएका महानुभबहरुलाई समाजका अध्यक्ष श्रीपूर्णराज गुरुङज्युले खादा लगाई सम्मान गर्नुभएको थियो । त्यसैक्रममा (NRNA) गैर आवसीय नेपाली सँघका उपाध्यक्ष श्रीशेर सुनारज्युलाई ढाकाटोपी र पगरी लगाई बिशेष सम्मान गरिएको थियो 

बिभिन्न खेलकुदहरुको लागि प्रायोजन गर्नुभएका महानुभवहरुबाट बिजेता तथा उपबिजेताहरुलाई पुरुस्कार बितरण गरीसकेपछि सल्लाहकार श्रीतुलराम गुरुङज्युले संचालन गर्नुभएको भाग्योदय चिट्ठा (Raffle Draw) नै सबैभन्दा रोचक कार्यक्रम भएको थियो । सबैले आफ्नो भाग्य परिक्षा गरीरहेका थिए १० जना भाग्यमानीहरुले आफ्नो तग्दीर अनुसार उपहारपाई सकेपछि अन्तमा प्रथम पुरुस्कारको लागि हेमन्त गुरुङ (कुँडुले /Wembley) ले तानेको 566 – 570 को नम्बर रुजुगरीसके पछि कार्यकम संचालक तुलारामगुरुङको पुज्यनीयआमा तथा सचिब परशु गुरुङको पुज्यनीय फुपु ८२ बर्षकी श्रीमती तुलासिरी गुरुङलाईप्रथम पुरुस्कार १ तोला सुन परेको थियो 

त्यसपश्चात कार्यक्रमको सभपाति तथा समाजका अध्यक्ष श्रीपूर्णराज गुरुङज्युले आफ्नो मन्तब्यमा यस कार्यक्रमको लागि प्रत्यक्ष अप्रत्यक्ष आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग पु-याउँनु भएका सम्पूर्ण महानुभवहरुलाई धन्यबाद दिनुभएको थियो भने समाजले के कस्ता भुमिकाहरु निभाउँदै आईरहेकाछन भन्ने बिषयमा पनि प्रष्ट्याउँदै अन्तमा औपचारिक कार्यक्रम समापन भएको घोषणा पनि गर्नुभएको थियो 

सचिब परशु गुरुङले छोटो मन्तब्य राख्दै साँस्कृतिक कार्यक्रमको सँयोजक उपाध्यक्ष श्रीजितबहादुर गुरुङलाई माइक्रोफोन हस्तान्तरण गरे वहाँको छोटो मन्तब्य पश्चात उदघोषक लछुमाण गुरुङ तथा उदघोषिका सबिता गुरुङले सबैलाई साँस्कृतिक कार्यकममा संध्यकालिन स्वागत गर्दै रोचक नृत्य तथा स्थानिय पारखीहरुको प्रस्तुती पस्काउन थाले डिजे संतोष गुरुङले मिठो स्वरमा सालईजु भाका मा दिएको प्रस्तुती मा दाजुभाई तथा दिदीबहिनीहरु नाच्न खचाखच हुनथाले । मिठामिठा लोकभाकाका गीतहरूको साथमा सबैजना नाच्न थाले, रमाउन थाले बिडम्बना यही छ समयले नेटो काटेको पत्तै भएन । निर्धारित समय सकिन लागेको हुनाले डिजे संफ्तोष गुरुङले आफ्नो संगीतको धुन बन्द गर्न बाध्य नै भयो एकार्कमा फेरी ल्होछार पार्टीमा भेट्ने आशा राख्दै सबैजना -आफ्ना गन्तब्यतिर प्रस्थान भए यसरी नै समापन भयो ईलमपोखरी समाजयुके २०१८ को गृष्मकालीन पार्टी 

"जय ईलमपोखरी समाज युके"

प्रस्तोता:
परशु गुरुँग
सेक्रेटरी 
ईलमपोखरी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far