IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsIP Samaj 9th AGM 2018

IP Samaj 9th AGM 2018

ईलमपोखरी समाजको ९औ बार्षिक साधारण सभा सम्पन्न

श्रीमान अध्यक्षज्यु, उपाध्यक्षज्यु कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका सम्पूर्ण सदस्यज्युहरु र युबा नानीहरुमा हार्दिक नमस्कार ।

ईलमपोखरी समाज युकेको ९औं बार्षिक सधारण सभा शनिबार 1 डिसेम्बर 2018 को अपराहन्न समाजका अध्यक्ष श्री पूर्णराज गुरुङको अध्यक्षतामा Empire Banqueting Hall को तेश्रो तल्लामा 55 जना सदस्यहरुको उपस्थितिमा भब्यताको साथमा सम्पन्न भयो । बैठकमा उपस्थित हुन नसकेकोमा ६ जना सदस्यहरुले क्षमा याचना पठाउँनु भएको थियो ।
बैठक करिब 2 बजे अध्यक्ष पूर्णराज गुरुङ, उपाध्यक्ष जित गुरुङ तथा संस्थापक अध्यक्ष मोहनसिङ गुरुङबाट दिप प्रज्वोलन गरि प्रारम्भ भएको थियो ।
राष्ट्रिय धुन बजाई उपाध्यक्ष जित गुरुङको स्वागत मन्तब्य पश्चात् निम्न बुँदाहरुमा छलफल भएको जानकारी गराउन चाहन्छु ।
बैठकमा प्रस्तुत गरेको र छलफल भएका बुँदाहरु:

१. कोषाध्यक्षको आर्थिक विवरण प्रस्तुत ।
२. सचिबको बार्षिक प्रतिबेदन प्रस्तुत ।
३. अध्यक्षको बर्ष भरीका बिशेष गतिबिधि तथा समाजको उच्च प्रतिष्ठा र बिकासको लागि आह्वान मन्तब्य ।
४. ८औं बार्षिक साधरण सभाको केहि मुख्य कुराहरुको सबैलाई स्मरण गराईयो ।
५. ९औं बार्षिक साधरण सभाको Pre-AGM को बुँदाहरु प्रस्तुती ।
६. नेपालमा Ambulance Service को आर्थिक बिबरण तथा क्षेत्रीय अस्पताल संचालन भएको जानकारी संयोजक मोहनसिङ गुरुङबाट प्रस्तुत भयो । वहाँको प्रस्तुतीमा अस्पताललाई Video Xray Machine को आवश्यक परेको जानकारी गराउंदै समाजले उपलब्ध गराउँने बारे छलफल भएको थियो । तथापि यसबारे संयोजकले छुट्टै बैठक बोलाउने भएको छ ।
७. समाजको युबाहरुको बार्षिक अन्तर्कृया कार्यक्रम निरन्तर रुपमा गराउँने । समाजको मुख्य पार्टी (Summer र Winter Party) मा केहि जिम्मेवारीहरु दिने ।
८. समाजको नाम अग्रपंक्तिमा राख्नुमा बाह्रमासे घाँटुकी गुरुआमा श्रीमती तारा गुरुङ र घाँट्सेरीद्वय सुश्री श्रेया र श्रुती गुरुङ त्यस्तै गरी कृष्णचरित्र नाचको फुर्सुङे धनबहादुर गुरुङ, मारुने बिकेन्द्र गुरुङ, ईश्वर गुरुङ र तेज गुरुङको ठूलो भुमिका रहेको छ । तसर्थ घाँटसेरीद्वय र नाचनेद्वयलाई कुनै कार्यक्रममा नाचेबापत प्रोत्साहन स्वरुप जनही £50/- दिने निर्णय गरियो ।
९. समाजका सदस्यहरुको बार्षिक शुल्क उचित समयमा बुझाउने तथा धेरै समय देखि update नभएको सदस्यहरुलाई update गर्नको लागि पून: अनुरोध गर्ने ।
१०. समाजका निकै सदस्यहरुको जिज्ञासा रहेको स्योरा सम्बन्धि निकैजनाको बिचार बिमर्शहरुको अन्तकृया भए पश्चात् केहि समयको लागि स्थगित गर्ने निर्णय भयो ।
११. समाजको १०औं बार्षिक उत्सब 2020 को Summer मा आयोजना गर्ने निर्णय भयो । यसको बारेमा विशेष छलफलको लागि अर्को बैठक बस्नेछ ।

१२. सबैको जानकारीको लागि समाजको विशेष भाबी कार्यक्रमहरु निम्न मितिहरुमा आयोजना हुन गईरहेको जानकारी गराईयो । तदानुसार बैठकमा उपस्थित नहुनुभएका सम्पूर्ण ईष्टमित्रहरुलाई पनि आवगत गराईएको छ ।
1. Lhochhar Party 2018 
Saturday 22 Dec 2018
2. Summer BBQ Party 2019
Saturday 15 Jun 2019
3. 10th AGM / New Committe members Election
Saturday 9 Nov 2019
4. Lhochhar Party 2019
Saturday 21 Dec 2019
5. 10th Anniversay Party 
Summer 2020.
Date: TBC
१२. बैठकको अन्तमा सचिबले बैठकको दौरानमा छलफल भएको कुराहरु पून: सबैलाई जानकारी गराईयो ।
१३. अन्तमा अध्यक्ष / सभाका सभापति पूर्णराज गुरुङले बैठकमा उपस्थित हुनु भएका सम्पूर्ण महानुभबहरुलाई धन्यबाद दिनुभई 19:08 मा बैठक समापन भएको घोषणा गर्नु भएको थियो ।

बैठकको दौरानमा चिया कफि र बैठक पश्चात् खानाको ब्यवस्था गरिएको थियो ।

समग्रहमा बैठक एकदमै सभ्य बाताबरणमा सम्पन्न भएको महसुस भएको छ । ब्यस्तताको बाबजुद पनि सबै ईष्टमित्रहरु बैठकमा उपस्थित हुनुभई आफ्ना बिचार सल्लाह सुझाबहरु दिनु भएकोमा मेरो ब्यक्तिगत र कार्यसमितिको तर्फबाट सबैलाई धन्यबाद दिन चाहन्छु ।

अब शनिबार 22 डिसेम्बर 2018 मा सबैले छुट्टी मिलाउनु होला अनि रमाईलो भेटघाट गराउँला ।

धन्यबाद ।

परशु गुरुङ
सेक्रेटरी 
ईलमपोखरी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far